Home COVID-19 UPDATEकोरोना र बाढी: चुनौती अनि सिकाई |

कोरोना र बाढी: चुनौती अनि सिकाई |

by Nirdesh Baral
2.5K views

विश्वव्यापी रूपमा बढ्दो कोरोना सङ्क्रमणले संसारलाई नै निराश तुल्याएको तथ्य हामीबाट कतही लुकेको छैन। दिनहु लाखौँको संख्यामा सङ्क्रमित थपिनु अनि लाखौँले अकाल मृत्यु भोग्न बाध्य बन्नु धुर्वसत्य कुरा बन्न पुगेको छ । Worldometer  का अनुसार १७ करोड ७४ लाख बढिले संक्रमित हुनू परेको र ३८ लाख बढिले ज्यान गुमाइ सकेका छन । समयको चक्र यसरी चलेको छ कि यसले सबैलाई एउटै घेरामा ल्याइ खडा गरिदिएको छ । जन्मपछि मृत्यु अवश्य हुन्छ, यो संसारको सबैभन्दा ठूलो यथार्थ हो बस फरक यति मात्र छ कि पहिले पालो कसको आउछ ?

कोरोनाले आफूसँगै बोकेर आएको छ एक अद्भुत मृत्यु अनि संघर्षको खेल जसमा मानिसले विजयी हुन एकदमै होशियार, धैर्यवान अनि साहसिक हुनुपर्ने मैले देख्छु । बेलाबेलामा साबुन पानीले हात धुने, सेनिटाइजर अनि मास्कको प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्ने जस्ता केही अस्थाई उपायहरू प्रस्ट्यायता पनि यसले स्वास्थ्य क्षेत्र लगायत जीवनका हरेक पक्ष अनि क्षेत्रमा संसारलाई नै जाग्रित हुनूपर्ने चुनौतीहरू निम्त्याएको छ र हाम्रो सानो-सुन्दर देश नेपाल पनि यसबाट अछुतो नरहेको कुरा  हामीमाझ प्रष्ट नै छ।

आर्थिक पक्षकै कुरा गर्ने हो भने: नुनदेखि सुनसम्म आयात-निर्यात गरि निरन्तर चलिरहने राष्ट्रीय तथा अन्तरराष्ट्रीय व्यापारिक गतिविधी देखि लिएर दैनिक श्रम गरि जीवन चलाइरहेका व्यक्तिलाई समेत कोरोनाले ठूलै चुनौती दिएको छ। सँगै सृजना गरेको छ ठूलो असमानता, जहा केही व्यवसायले आकाश चुम्दैछ भने कयौले २ छाक खानसमेत नपाएर मृत्युलाई अंगाल्न बिवश भएका छन। त्यसैमाथि थपिएको छ वर्षा अनि बाढीको कहर । फलस्वरूप पैसा र २ छाक गासको अभाव झेलिरहेकाले अब आफ्नो शिर छोप्ने बास/टहरो पनि गुमाउनु परेको छ, सँगै गुमाइरहेका छन घर-परिवार पनि ।

सामाजिक पक्षकै कुरा गर्ने हो भने: आपसी सद्भाव, मेलमिलाप, धार्मिक सहिष्णुताले भरिएको हाम्रो देशमा “छिमेकी भनेको जिउदाको जन्ती अनि मर्दाको मलामि” भन्ने प्रचलित भनाई वाक्यमा मात्र सिमित रहने बनाएको छ। मान्छे मान्छेदेखि डराउन थालेका छन। मान्छेको मानसिकतामा असर पुर्याएको छ यसले ।

प्रक्रृति तथा वातावरणकै कुरा गर्ने हो भने: हुन त कोरोना अगाडी पनि वातावरणमा मानवीय गतिविधीले ठूलै असर परेको विश्व रिकॉर्ड नै छ हामीसँग तर कोरोनापछिका समयमा पनि धेरै नकारात्मक असर पार्ने कुरा सुनिश्चित छ। दैनिक रूपमा उत्पादन अनि प्रयोग भइरहेका सेनिटाइजरको बोतल, ग्लोभ्स, मास्क र अन्य प्लास्टिकजन्य सुरक्षा सामाग्रीहरूले वातावरणमा असर नपार्ला भन्न सकिन्न। विश्वभरि जुन मास्कलाई अहिले संरक्षकको रूपमा ठूलो मात्रामा प्रयोग गरिन्छ, निकट भविष्यमा यो अवश्य पनि ठूलै प्रदूषकको रूपमा अगाडी नआउला भन्न सकिदैन।

यि सबैकुराले मानिस लगाएत विश्वका सम्पूर्ण प्राणीहरूमाथि धेरै असर परिरहेको र यो अझ बढ्दै जाने संकेत गर्दछ। मानिसले आफ्नो अस्तित्व रक्षाका निम्ति ऊसँग जोडिएका हरेक सजिव-निर्जिव श्रोतसाधनको रक्षा गर्न आवश्यक हुन्छ। “नेपाली हामी रहौँला काँहा नेपालै नरहे” भने झै पृथ्वी नै नरहे हामी पृथ्वीबासी काहा रहौँला भन्ने कुराको मनन गर्न उतिकै आवश्यक छ। हुन त अहिलेको युगमा विज्ञान र प्रवृधिले चन्द्रमा अनि मंगल ग्रहमा मानिसको बस्ती बसाल्ने खोज गर्दैछ । सत्य हो, संसारमा असम्भव केही छैन । आउला त्यो दिन पनि अवश्य आउला अथाह खोज, विकास अनि संघर्षले तर कति सताब्दी बितला भन्न सकिन्न। बरु सो संघर्षले अर्को पृथ्वी खोजीसँगै भएको सुन्दर पृथ्वी किन नबचाउने?

हामीले यो कोरोना अनि बाढी-पहिरोबाट कमसेकम २ वटा कुरा सिक्न जरूरी छ, पहिलो: आफ्नो कमाइबाट थोरै भएपनि बचत गर्न, दोश्रो: जीवनमा कम्तीमा पनि दुई वटा रूख रोप्न; एउटा सासको लागि अनि अर्को आफ्नो लासको लागि ।

लेखक:

माला गुप्ता

BPH (Kantipur Academy of Health Science, Tinkune Kathmandu, Affiliated to PU)

Get real time update about this post category directly on your device, subscribe now.

You may also like

Nepal Health Magazine