Home COVID-19 UPDATEहालको परिस्थिति र जनस्वास्थ्य:

हालको परिस्थिति र जनस्वास्थ्य:

by Guest Author
4.5K views

यो परिभाषाले जनस्वास्थ्यको बुझाइ र अर्थको दायरा सिमित नहोस तर सामान्यतया भन्नुपर्दा जनस्वास्थ्य भनेको ‘संगठित सामुदायिक प्रयास र तवरले रोगहरुको नियन्त्रण, रोकथाम, स्वास्थ्य प्रबर्द्धन र दक्षताका साथ जीवनलम्बाई गराउने बिज्ञान र कला हो।’

यो अबस्थासम्म आइपुग्दा लगभग सबैलाई भान भयो होला; कि स्वास्थ्य क्षेत्रमा जनस्वास्थ्य कति महत्त्वपूर्ण छ भनेर। साबुनपानीले हात धुने, मास्कको प्रयोग गर्ने, Lockdown देखि लिएर Isolation, Quarantine, Early diagnosis, tracing, tracking, testing आदिइत्यादि यी सबै जनस्वास्थ्यले सिकाएका कुराहरु हुन।

रोग लागेर सन्चो हुनु भन्दा रोग लाग्न नदिन बेस र रोगको रोकथाम र नियन्त्रण गर्नु जनस्वास्थ्यको सिद्धान्त हो।
स्वास्थ्य भनेको सबैभन्दा ठुलो धन हो; ज्यान छ र त जगत छ। त्यसकारण सबैभन्दा पहिले हामी स्वस्थ हुन जरुरी छ।
हामी सबैजना स्वस्थ हुन र रहन जनस्वास्थ्यको महत्त्वपूर्ण भुमिका हुन्छ।
तसर्थ जनस्वास्थ्य, स्वास्थ्य क्षेत्रको अत्यावश्यक र संवेदनशिल पाटो हो; सम्बन्धित निकाय र सबैले जनस्वास्थ्यतर्फ ध्यानाकर्षण गराउन, बुज्न, बुजाउन र यो जनस्वास्थ्यक्षेत्रको बिस्तार गर्न अपरिहार्य छ।

#Public_health_Concern
#Prevention_is_better_than_cure
#Pandemic_CoVID-19
#Stayhome_Staysafe

You may also like

Nepal Health Magazine