एकीकृत एम्बुलेन्स तथा पूर्व- अस्पताल सेवा सञ्चालन निर्देशिका, २०७७
Guideline for Integrated Ambulance and Pre-hospital service operation 2077
प्रस्तावना: देशभरि छरिएर रहेका एम्बुलेन्सलाई एकद्धार प्रणालीबाट छिटो, छरितो रूपमा सञ्चालन गरी विरामी वा घाइतेलाई अस्पताल पुर्याउनु अगावै आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउन र् स्रोत साधन सम्पन्न व्यवस्थित एम्बुलेन्स सेवा, संचार प्रणाली र प्रेषण केन्द्रको स्थापना गरी नेपालको जुनसुकै स्थानबाट तीन अंकको टेलिफोन नम्बरबाट नागरिकले सहज र सरलरूपमा आकस्मिक स्वास्थ्य सेवा सहितको एम्बुलेन्स सेवा सुनिश्चितता गर्नु राज्यको दायित्व भएकोले जन स्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४८ र सोही ऐनको दफा ६४ ले दिएको अधिकार प्रयोग गरी नेपाल
सरकारले यो निर्देशिका जारी गरेको छ।
. संक्षिप नाम र प्रारम्भ: (१) यस निर्देशिकाको नाम “एकीकृत एम्बुलेन्स तथा पूर्व-अस्पताल सेवा
सञ्चालन निर्देशिका,२०७७” रहेको छ ।
Download Guideline for Integrated Ambulance and Pre-hospital service operation 2077
२. परिभाषा:
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस निर्देशिकामा;
(क) “आकस्मिक चिकित्सकिय प्राविधिक (इ.एम.टी)” भन्नाले आकस्मिक चिकित्सकीय प्राविधिक सम्बन्धी तालिम सम्झनु पर्छ ।
(ख) “एम्बुलेन्स” भन्नाले विरामी ओसार पसार गर्न स्वीकृती प्राप्त गरेको वाहन सम्झनु पर्छ र सो शब्दले एम्बुलेन्समा जडित उपकरण, चालक र आकस्मिक चिकित्सकिय प्राविधिक (इ.एम.टी) समेतलाई जनाउँछ ।
(ग) “कार्य समिति” भन्नाले दफा ७ बमोजिम गठित राष्ट्रिय एकिकृत एम्बुलेन्स तथा पूर्व-अस्पताल व्यवस्थापन कार्य समिति सम्झनुपर्दछ।
(घ) “चालक” भन्नाले एम्बुलेन्स चलाउन तालिम लिएको लाइसेन्स प्राप्त नेपाली नागरिक सम्झनुपर्दछ।
(ङ) “निर्देशक समिति” भन्नाले दफा ६ बमोजिमको राष्ट्रिय एकिकृत एम्बुलेन्स तथा पूर्व-अस्पताल व्यवस्थापन निर्देशक समिति सम्झनु पर्दछ।
च) “पूर्व-अस्पताल सेवा” भन्नाले विरामीलाई घटनास्थल देखि अस्पतालमा पुर्याउनु भन्दा अघिसम्म गरिने आकस्मिक प्राथमिक उपचार र चिकित्सकिय सेवा सम्झनु पर्छ।
(छ) “प्रेषक” भन्नाले प्रेषण सम्बन्धी तालिम प्राप्त स्वास्थ्यकर्मी सम्झनु पर्छ।
(जे) “प्रेषण केन्द्र” भन्नाले संचारको माध्यमबाट उपयुक्त एम्बुलेन्समा उद्धार गरिएको विरामीलाई
समयमै सम्बन्धित अस्पताल पुर्याउनका लागि समन्वय गर्ने केन्द्र सम्झनु पर्छ।
(झ) “मन्त्रालय” भन्नाले नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्झनु पर्छ। |
(ज) “व्यवस्थापन समिति” भन्नाले दफा ९ बमोजिमको प्रादेशिक एकिकृत एम्बुलेन्स तथा पूर्व
अस्पताल व्यवस्थापन समितिलाई सम्झनु पर्दछ।
(ट)“संस्था” भन्नाले नेपाल सरकारबाट मान्यता प्राप्त एम्बुलेन्स सेवा सञ्चालन गर्ने संस्था सम्झनु पर्छ
पूर्व-अस्पताल सेवा व्यवस्थापन:
(१) पूर्व-अस्पताल सेवाका लागि संघ, प्रदेश र आवश्यकता अनुसार स्थानीय तहमा प्रेषण केन्द्र स्थापना गर्नु पर्नेछ।
(२) उपदफा (१) बमोजिम स्थापना भएका प्रेषण केन्द्रहरूले अस्पताल, सुरक्षाकर्मी, विरामी तथा
विरामीसँग सम्बन्धित व्यक्तिहरूलाई नियमित सञ्चार तथा समन्वय गर्नुपर्नेछ ।
(३) उपयुक्त ठाउँमा उपयुक्त एम्बुलेन्स समयमा उपलब्ध गराइ उपयुक्त अस्पतालमा पुन्याउने
व्यवस्था मिलाउनु पर्नेछ ।
(४) सवारी साधन नपुग्ने र तत्कालै सवारी साधन उपलब्ध नहुने स्थानमा स्टेचर, डोको, डुंगा तथा
स्थानीय उपयुक्त प्रविधि अनुसारको साधन मार्फत बिरामी वा घाइतेलाइ एम्बुलेन्स आइपुरने
बाटोसम्म ओसारपसार गर्न सकिनेछ ।
(५) पुर्व-अस्पताल सेवाका लागि नागरिकहरूलाई प्राथमिक उपचार सम्बन्धी तालिमको व्यवस्था गर्नु
पर्नेछ ।
(६) सम्बन्धित निकायहरूसँग समन्वय गरी एम्बुलेन्स र पूर्व अस्पताल सेवामा खटिने जनशक्तिका
“लागि तालिमको व्यवस्था गर्नु पर्नेछ ।
(७) प्रेषण केन्द्रले विरामीको बारेमा विस्तृत विवरण खुल्ने गरी अभिलेख अनुसूची-१ बमोजिमको
ढाँचामा दुखूस्त राख्ने व्यवस्था मिलाउनु पर्नेछ ।
(८) एम्बुलेन्स सेवा तथा प्रेषण केन्द्रको सुधारका लागि नियमित रूपमा अनुगमन तथा मूल्यांकनको
व्यवस्था मिलाउनु पर्नेछ ।

Hey there, I am Nirdesh Baral, founder of Nepal Health Magazine. I am a Tech geek by passion , Public health practitioner by profession and an Ailurophile by heart and a patriot by birth